जसपा नेपालको केन्द्रीय समिति : विभाजनमा संलग्न नेताहरूको आलोचना
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक भोलि ११ बजे पुन: बस्ने गरी स्थगित भएको छ । जसपा नेपाल विभाजन भएपछि यो पहिलो केन्द्रीय समितिको बैठक हो ।
भोलिसम्म चल्ने बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरूले पार्टीबाट अलग भएका नेताहरूको खुलेर आलोचना गरेका छन् । पार्टी विभाजन गरेकाहरू पहिलादेखि नै यो कर्ममा लागेको र विगतमा पनि पार्टी विभाजनका लागि पटक पटक प्रयास गरेको भन्दै त्यस्ता व्यक्तिहरू पार्टी छाडेर गएकै राम्रो भन्दै सदस्यहरूले टिप्पणी गरेको पार्टीका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।
‘पार्टी अब एक ढिक्का बनाएर अगाडि बढ्ने सबैको सहमति रहेको छ । विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्ने सुझाव केन्द्रीय सदस्यहरूको रहेको थियो,’ प्रवक्ता सुमनले भने ।
आज ६० जना केन्द्रीय सदस्यले बोल्नका लागि नाम लेखाएका थिए । त्यसमध्ये आज ३०–३५ जनाले आ-आफ्नो धारणा राखेका थिए । समसामयिक विषयवस्तुको बारेमा कार्यकारिणी सदस्यहरू राजकिशोर यादव, लालबाबु राउत, गोविन्द चौधरी र रकम चेम्जोङले आआफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण