हतियार लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । अमेरिकी सहायता प्याकेजको हतियार आपूर्ति गर्न उनी त्यसतर्फ गएका हुन् ।
युक्रेनले खार्किभमा ठुलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू पुगेका छन् । ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने बताइएको छ ।
भेटका क्रममा ब्लिन्केनले युक्रेनी अधिकारीहरूलाई अमेरिकी सहयोगको आश्वासन दिने अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकाले तीन साताअघि अमेरिकी संसदबाट युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो ।
ब्लिन्केन युक्रेन पुग्नु अघि नै युक्रेनको एयर डिफेन्स इन्टरसेप्टर, तोप र एटीएसीएमएसको लामो दूरीसम्म सटीक हमला गर्न सक्ने मिसाइलहरू प्राप्त गर्न थालेको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण