जलाशययुक्त आयोजना सरकारको प्राथमिकतामा, सबै क्षेत्रमा विद्युतीकरण
काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत र नलसिंगाढ जलाशययुक्त आयोजनाको निर्माण कार्य अघि बढाउने घोषणा गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यी दुई आयोजनालाई प्राथमिकतामा राख्दै निर्माण कार्य अघि बढाउने घोषणा गरेको हो ।
यस्तै दुधकोसी जलाशययुक्त आयोजनाको निर्माण पूर्वाका कार्य सम्पन्न पार्ने बताइएको छ । यसबाहेक माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोसी ५, जगदुल्ला, चैनपुर र सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनसहित कार्यान्वयन सुरु गर्ने सरकारको घोषण छ ।
कर्णाली चिसापानी जलविद्युत आयोजनाको विस्तृत अध्ययन सम्पन्न गर्ने, राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताको प्रसारणलाईनको निर्माण तथा स्तरोन्नति गर्ने समेत सरकारको लक्ष्य छ । राष्ट्रिय विद्युत प्रणालीमा नजोडिएका र विद्युतको पहुँच नपुगेका क्षेत्रमा सौर्य एंव वायु ऊर्जा जडान गर्ने समेत सरकारको लक्ष्य छ ।
यसबाहेक आगामी वर्ष भित्रमा विद्युत नपुगेका कर्णाली र सुदूरपिश्चमका विद्युतको पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण गर्ने समेत सरकारको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण