ताइवानमा लाई चिङ टेले लिए राष्ट्रपतिको शपथ
ताइपेई । ताइवानमा लोकतान्त्रिक प्रगतिशील पार्टीका लाई चिङ तेहले सोमबार नवनिर्वाचित राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।
पदभार ग्रहणपछि लाई ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति बनेका छन् । सन् १९९६ मा ताइवानमा पहिलो प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन भएको थियो। लाइले ताइवानको राजधानी ताइपेईस्थित राष्ट्रपति कार्यालय भवन बाहिर उद्घाटन सम्बोधन गरेका छन् । बिहानको समारोहपछि ताइवानको राष्ट्रपतिको रूपमा उनको चार वर्षे कार्यकालको सुरु भएको छ ।
बेइजिङको धम्कीको विरोध गर्दै उनले ताइवानको सुरक्षा बढाउने बताएका छन् । वासिङ्टन र अन्य पश्चिमी साझेदारहरूसँग सम्बन्ध सुदृढ गर्ने पनि उनले बताएका छन् । युक्रेनलाई निरन्तर अमेरिकी समर्थनले वाशिङ्गटनसँगको ताइवानको सुरक्षा लाईफलाइनलाई खतरा नपार्ने लाई निकटका अधिकारीहरूले बताएका छन् ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति साई इङ–वेन पनि उपस्थित थिए । लाइका विरोधीहरूले चाहिँ उनले देशलाई सुरक्षा गतिरोधमा पुर्याउने जोखिम लिइरहेको बताइरहेका छन् । बेइजिङसँग वार्ता हुन सकेको छैन न त उनी चीनसँग द्वन्द्वका लागि तयार रहेको विरोधीहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण