सभामुखको कदम परिस्थितिजन्य : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिपक्षको विरोधकाबिच संसद्को कारबाही अघि बढाउनु सभामुखको परिस्थितिजन्य कदम भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विपक्षीको अवरोधकाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका थिए ।
‘सामान्य र नियमित कार्यसूचीमा असहमति जनाउनु/अवरोध गर्नु एउटा विषय हो । तर संवैधानिक बाध्यताबाट सिर्जित विश्वासको मत लिने कार्यसूचीमै अवरोध गर्नु नेपाली कांग्रेसको महाभूल हो’, एमाले सचिव समेत रहेका भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । साथै उनले सभामुखको कदमलाई परिस्थितिजन्य उपजका रूपमा लिनुपर्ने पनि बताएका छन् ।
‘सभामुखको कदम परिस्थितिजन्य र संवैधानिक बाध्यताको उपजका रूपमा लिनुपर्दछ’, भट्टराईले भनेका छन् । अन्य विषयमा आपसी संवाद र छलफलका माध्यमबाट समाधानमा पुग्ने कोसिसलाई जारी राख्नुपर्ने भन्दै भट्टराईले संवैधानिक बाध्यता नहुँदा नहुँदै विगतमा एमालेलाई बेलमा राखेर गर्नु नगर्नू गरेको पनि कांग्रेसलाई स्मरण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नागरिकमा विकल्पविहीनताको स्थितिले निराशा व्याप्त भयो, असर देखिन थालिसक्यो’
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण