आन्दोलनमा जाने भएसँगै कांग्रेसले बोलायो उपत्यकाका सबै ‘कमाण्डर’
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आन्दोलन जाने तय भएसँगै काठमाडौँ उपत्यकाका सबै पार्टी नेतृत्व र भ्रातृ संगठनका प्रमुखहरुलाई छलफलमा बोलाएको छ ।
पार्टीको जारी केन्द्रीय समिति र संसदीय दलको बैठककै बिच काठमाडौँ, ललितपुर र भक्तपुरको पार्टी नेतृत्वका साथसाथै भ्रातृ संगठनका प्रमुखहरुलाई पार्टी कार्यालय सानेपामा छलफलका लागि बोलाइएको हो । कांग्रेसका एक नेताले शुक्रबारदेखि आन्दोलनमा जाने तय भएसँगै तयारीलगायतका विषयमा छलफलका लागि सानेपा बोलाइएको जानकारी दिए ।
नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । जसअनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ । यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीसँग जोडिएका जिल्लाहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन तथा प्रदर्शन गरिने छ ।
त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ । यस्तै कांग्रेसले उनलाई कारबाहीको दायरामा ल्याउनका लागि संसदमा निरन्तर अवरोध समेत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण