सिरोहिया पक्राउप्रति नेपाल बार : राज्य शक्तिको दुरुपयोग स्वीकार्य हुँदैन
बुधबार, ०९ जेठ २०८१, १५ : २६
काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने बताएको छ ।
कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेकोमा बारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस स्वतन्त्रता र मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा एशोसिएसनले सदैव पहरेदारी र संरक्षण गर्दै आएको स्मरण गराएको छ ।
‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रुपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्रमाथिकै प्रहार हो’, बारले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण