आन्दोलनको स्पष्ट मार्गचित्र बनाउन कांग्रेस नेतृत्वलाई सुझाव
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा सहकारीको रकम ठगीविरुद्ध पार्टीले गर्ने भनेको सङ्घर्षको औचित्य र आवश्यकताबारे छलफल भएको छ । बैठकमा सहभागीहरूले आन्दोलनबारे पार्टीले स्पष्ट कार्यदिशा र धारणा बनाउनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य कुन्दन काफ्लेले पार्टीले आन्दोलन घोषणा गर्दै गर्दा सहकारी पीडितलाई संरक्षण गर्न हो वा भ्रष्टाचारविरुद्ध हो अथवा संसदीय समिति बनाउन दबाब दिने उद्देश्यले भन्ने प्रस्ट हुनुपर्ने बताए । उनले बैठकमा बोल्ने अधिकांश नेताहरूले गृहमन्त्रीको राजीनामाका लागि आन्दोलन गर्ने हो भने त्यो आन्दोलन कहाँ गएर टुङ्गिने हो ? पार्टीले निर्धारण गर्नुपर्ने बताए ।
त्यस्तै कतिपय नेताहरूले पार्टीका कार्यकर्ताले अन्य पार्टीलाई भोट हाल्दा हैरान भइसकियो भनेर गुनासो आउने गरेको भन्दै पार्टी आफ्नो खुट्टामा उभिएर सडक प्रदर्शन गनुपर्ने धारणा समेत राखेका छन् ।
क्यान्टोनमेन्ट, गिरिबन्धु र कुकुल्यान्ड जस्ता घोटालाको पूर्ण भ्रष्टाचार नियन्त्रणका लागि लड्नुपर्ने पनि नेताहरूले बताएका छन् । पार्टीले अवसर पाउँदा पार्टीका ठुला ५ नेता बसेर निर्णय गर्ने तर अफ्ठेरो पर्दा सबैलाई किन बोलाउने भन्ने धेरै सदस्यको धारणा आएको काफ्लेले जानकारी दिए ।
उनले पार्टीका भ्रातृ सङ्गठनमा खल्तीका मान्छे हाल्दा सङ्गठन कहाँ छ ? भनेर सोध्नुपर्ने अवस्था आएको भन्दै यसमा गल्ती भयो भनेर सम्बन्धित नेताहरूले माफी माग्नुपर्ने समेत बताए । जारी बैठकमा महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन र ठगीविरुद्ध सडक र सदन दुवै स्थानबाट सङ्घर्ष गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए ।
आन्दोलनमा गिरीबन्धु टी स्टेटको जग्गा घोटालाको विषय समेत समेट्नुपर्ने आवाज उठेपछि त्यसलाई समेत समेटेर पार्टीले निर्णय गर्ने बताइएको छ । कांग्रेसले आइतबारदेखि आन्दोलन थाल्ने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण