आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

टेलर स्विफ्ट र ओलम्पिक्सले बढायो धोकाधडी

बुधबार, ०९ जेठ २०८१, १८ : ४७
बुधबार, ०९ जेठ २०८१

लन्डन । ओलम्पिक्स र टेलर स्विफ्ट यस वर्ष उपभोक्ताहरूलाई ठग्ने दुई ठुला अनलाइन स्क्याम भएका छन् । बेलायती बैंकिङ्क युके फाइनान्सले यस्तो चेतावनी दिएको हो । 

गएको वर्ष प्रेमको नाममा ठगी र खरिदारी घोटाला नयाँ उचाइमा उक्लिएको बताइएको छ । समग्रमा अपराधीहरूले गएको वर्ष १ अर्ब १७ करोड पाउन्ड बराबरको चोरी गरेको युके फाइनान्सको वार्षिक प्रतिवेदनले देखाएको छ । यो सन् २०२२ को भन्दा ४ प्रतिशत कम हो ।

अनलाइन मञ्चहरूको दुरुपयोगका कारण मानिसहरू चपेटामा पर्ने क्रम जारी छ ।  यस्ता घोटालाहरू रोक्न सघाउन अझ बढी प्रयास गर्न प्रविधि कम्पनीहरूलाई अनुरोध गरिएको छ । खरिदारी घोटालामा मात्रै बेलायती उपभोक्ताहरूले गएको वर्ष ८ करोड ६० लाख गुमाएका थिए । यो अघिल्लो वर्षको भन्दा २२ प्रतिशत धेरै भएको बताइएको छ । यस्ता ठगीका गत वर्ष १ लाख ५६ हजार ओटा भन्दा धेरै घटना भएका थिए । टेलर स्वीफटको बेलायती कन्सर्ट अघि  फ्यानहरूले स्क्याम टिकट विक्रीमा १० लाख पाउन्ड भन्दा धेरै गुमाएका थिए ।

ओलम्पिक्स, युरो२०२४, ग्लाष्टोनबरी र टेलर स्विफ्ट जस्ता ठुला कार्यक्रमका लागि टिकटहरू छिट्टै बिक्छन् । टिकट सकिएला भनेर मानिसहरूले अनलाइनमा यी टिकट खोज्छन् । तर ठगहरूले अनलाइनको प्रयोग गरेर उपभोक्ताहरूलाई हुँदै नभएको टिकट बेच्ने गरेको युके फाइनान्सका एन्डी म्याकडोनल्ड भन्छन् । 

माया जालमा फसेर ठगीमा पर्ने र पैसा गुमाउनेको सङ्ख्या गएको वर्ष कीर्तिमानी स्तरमा उक्लिएको छ । समीक्षा अवधिमा यस्ता घटनाहरू १७ प्रतिशतले बढेको र ठगीको रकम पनि ३ करोड ६० लाख यूरोमा उक्लिएको छ । सन् २०२० मा भएका यस्तै घोटालाको तुलनामा गुमाइएको यो रकम दोब्बर भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप