सन्दीपको भिसा अस्वीकृत भएपछि यस्तो छ अमेरिकी दूतावासको प्रतिक्रिया
_gHmL6hlkAS.jpg)
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले क्रिकेटर सन्दीप लामिछानेको केसबारे टिप्पणी गर्न नसकिने स्पष्ट पारेको छ ।
टी–२० क्रिकेट विश्वकपका लागि लामिछानेले भिसा आवेदन दिएपनि अस्वीकृत भएको सार्वजनिक भएपछि दूतावासले यस्तो प्रतिक्रिया दिएको हो ।
अमेरिकामा आयोजित टी–२० विश्वकपमा नेपाली टोलीको सहभागिताबारे आफूहरू अत्यन्तै उत्साहित रहेको बुधबार जारी दूतावासको प्रतिक्रियामा उल्लेख छ ।
सोहीअनुसार प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेको दूतावासको भनाइ छ ।
उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेको पनि दूतावासको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा
-
सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक, त्यही अनुसार बजेट आउनुपर्छ : अध्यक्ष ढकाल
-
भौतिक पूर्वाधारको नीति तथा कार्यक्रम पुरानै निरन्तरता
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम
-
फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
-
नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म