सन्दीपको भिसा अस्वीकृत भएपछि यस्तो छ अमेरिकी दूतावासको प्रतिक्रिया
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले क्रिकेटर सन्दीप लामिछानेको केसबारे टिप्पणी गर्न नसकिने स्पष्ट पारेको छ ।
टी–२० क्रिकेट विश्वकपका लागि लामिछानेले भिसा आवेदन दिएपनि अस्वीकृत भएको सार्वजनिक भएपछि दूतावासले यस्तो प्रतिक्रिया दिएको हो ।
अमेरिकामा आयोजित टी–२० विश्वकपमा नेपाली टोलीको सहभागिताबारे आफूहरू अत्यन्तै उत्साहित रहेको बुधबार जारी दूतावासको प्रतिक्रियामा उल्लेख छ ।
सोहीअनुसार प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेको दूतावासको भनाइ छ ।
उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेको पनि दूतावासको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण