त्रिविले समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न सुझाव माग्यो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको समकक्षता र मान्यताका लागि अध्ययन गर्न सुझाव माग गरेको छ । उच्च शिक्षाको समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न गठित सुझाव समितिले सुझाव माग गरेको हो ।
उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ मा आवश्यक संशोधन गर्नका त्रिविले समिति गठन गरेको थियो । उच्च शिक्षा उपाधिको मान्यता र समकक्षतालाई सरलीकरण गरी सहज बनाई छिटोछरितो कार्य सम्पादन गर्न एवं कार्यविधि २०७८ लाई समयानुकूल संशोधन गर्न समितिले कार्य गर्दै आएको छ । उक्त कार्यविधि अनुसार समकक्षता तथा मान्यता दिँदा विभिन्न खालका समस्या देखिँदै आएका छन् । ती समस्या समाधान र सुधारको लागि खुल्ला रूपमा राय सुझाव लिन समितिले सुझाव माग गरेको हो ।
त्रिविको उक्त कार्यको शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशंसा गरेकी छन् । यो विषयमा त्रिविका पदाधिकारीहरूसँग विभिन्न चरणमा छलफल गरेको उनको भनाइ छ । समकक्षता प्रमाणपत्रबारे विभिन्न खालका गुनासो आउने गरेको भन्दै ती गुनासोहरूको सम्बोधन गर्न मन्त्रीले त्रिविलाई आग्रह गरेकी थिइन् ।
त्रिवि सुधारको यो पहलले आफूलाई उत्साही बनाएको भन्दै मन्त्री श्रेष्ठले सामूहिक प्रयत्नबाटै परिवर्तन सम्भव छ भन्नेमा विश्वस्त रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण