‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने, ‘अब छिट्टै विवाह गर्छु’
काठमाडौँ । नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो ।
प्रिमियर हेर्न कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता आर्यन सिग्देलले दर्शकको प्रतिक्रियाको आफू भोको रहेको र सोहीअनुसार दर्शकहरुले राम्रो रहेको प्रतिक्रिया दिएकोमा खुशी लागेको बताए ।
उनले सिनेमा र सिनेमाको पात्र हेरिसकेपछि राम्रोसँग निभाएको अनुभव भएको बताए । पुजार सार्कीले उठाएको विषय आफ्नो लागि आफ्नो जीवन र सिनेमाको लागि इतिहास रहेको बताए ।
पुजार सार्की वास्तविक कथावस्तु रहेको उनको भनाइ छ ।
यस्तै अभिनेता प्रदीप खड्काले चलचित्रमा डेटिङ रोमान्स कम भयो नि भन्ने प्रश्नमा अफ स्क्रिन बढी भएर अन स्क्रिन कम भएको हुनसक्ने भन्दै हासीमजाक गरे । बिहानै बिहानै सबैले धेरै माया गरेकाले खुशी लागेको उनले बताए । विवाहको सम्बन्धबारेको प्रश्नमा उनले वास्तविक जीवनमा पनि आफूले अब छिट्टै विवाह गर्ने बताए । अभिनेत्री अञ्जना बराइलीले चलचित्र मन पराउनुले चलचित्रमा अभिनय गर्ने पात्रहरु सबैले न्याय दिन सकेको आफूले बुझेको बताइन् ।
बिहीवार (आज) बाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
चलचत्रिमा प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ ।
चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण