आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गृहमन्त्री लामिछानेको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

बिहीबार, १० जेठ २०८१, १६ : १७
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघ झापा—काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्को बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे । उनले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताए । 

महामन्त्री शर्माले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न गरे । सहमति नभए संसद्को रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे । भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभई ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न उनले आग्रह गरे । 

महामन्त्री शर्माले कांग्रेसका कसको–कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रूपमा छानबिन हुनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले रवि दोषी देखिए आफूहरू राजनीति छोड्ने र कांग्रेसका कोही व्यक्ति दोषी देखिए कांग्रेसले राजनीति छोड्नुपर्ने चुनौती दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे । उनले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र शमशेरले अन्त्य गरिसकेको बताए ।

महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताए । उनले राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोची राजनीति राम्रो बन्नुपर्नेकुरामा बढी ध्यान दिन जरुरी रहेको बताए । 

महामन्त्री शर्माले देश बनाउने मिसनमा सबै सामेल हुनुपर्ने बताए । नेपाल अनन्त सम्भावना रहेको देश भएको पनि बताए । उनले राजनीतिमा कुनैपनि संकट नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप