गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी छिन् । बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीमा बाल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतान्त्रिक व्यवस्थामा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताइन् । उनले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताइन् । अहिले जतिसुकै ठुलो पदीय हैसियतमा भएपनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने स्थापित भएको उनले बताइन् । उनले सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको बताइन् ।
मन्त्री शर्माले गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धि हासिल भएको बताइन् । तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधारहरू धेरै बनेको र विकास हुन थालेको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री सिंहद्वारा धोबीखोला अनुगमन
-
महिला भलिबलमा सुदूरपश्चिमबाट उदाउँदै गरेका संगीता र सरिता
-
उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठकले के गर्यो निर्णय ?
-
प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
-
सङ्घीय निजामती सेवा विधेयक असार १५ गते अघि संसद्मा प्रस्तुत नहुने
-
थाइल्याण्डमा आयोजित लगानी संवादमा कृषिमन्त्री सहभागी