राजनीति
कार्यदलमा जुटेन सहमति, कांग्रेसको नयाँ प्रस्ताव
शुक्रबार, ११ जेठ २०८१, ११ : ५६

काठमाडौँ । संसदीय छानविन समितिको कार्यादेश (टिओआर) टुङ्ग्याउन बसेको कार्यदल बैठकमा नेपाली कांग्रेस केही लचक बनेको छ । यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले छलफल जारी रहेकाले केही समयपछि पुन नेताहरुसँग छलफल गरेर बैठक बस्ने बताए । उनकाअनुसार नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ ।
‘कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आयो तर छलफल जारी नै छ टुंगिएको छैन । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ जोडिएका संस्थाकाे नाम राखेर जाऔँ भन्ने रह्याे । त्यसैले हामीले छलफललाई निरन्तरता दिने कुरा गरेका हौँ । पुनः छलफलका लागि केही समयपछि बस्छौ । त्यस्तै पर्दा संसद् भवनमा पनि बस्छौ ’, बर्तौलाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन