सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
सहकारी प्रकरण

शीर्ष नेताहरूको बैठकमा संसद् गतिरोध अन्त्य गर्ने विषयमा छलफल भयो : महेश बर्तौला

शुक्रबार, ११ जेठ २०८१, १९ : ४१
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । शीर्ष नेताहरूको बैठकमा संसद् गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा संसद् गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो । 

छलफलपछि बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले छलफल सकारात्मक रहेको बताए । उनले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल भएको र कांग्रेसको प्रस्तावअनुसार व्यक्तिको नाम भने किटान नगरी संस्थाको नाम राखेर अघि बढ्न सकिने गरी छलफल भएको बताए ।

उनले भने, ‘बैठक सकारात्मक छ । हाउसको गतिरोध अन्त्य गर्न टीओआर निर्माण गर्न जेमा कठिनाइ भइरहेको छ, यसमा सहजीकरण आफ्नो आफ्नो तरिकाबाट गर्ने भन्ने छ । सत्ता पक्षबाट लचकता भएको छ । व्यक्तिको नाम किटान गर्ने कुरा सम्भव हुँदैन । अरू विषयमा संसदीय गरिमा कायम राख्ने गरी भूमिका निर्वाह गर्न आग्रह गरेका छौँ ।’

प्रमुख सचेतक बर्तौलाले कांग्रेस शुक्रबारको बैठकबाट सकारात्मक रूपमा बाहिरिएको बताए । उनले शनिबार ३ बजे बस्ने बैठकमा कांग्रेस सकारात्मक भएर आउने विश्वास रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप