शीर्ष नेताहरूको बैठकमा संसद् गतिरोध अन्त्य गर्ने विषयमा छलफल भयो : महेश बर्तौला
काठमाडौँ । शीर्ष नेताहरूको बैठकमा संसद् गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा संसद् गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो ।
छलफलपछि बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले छलफल सकारात्मक रहेको बताए । उनले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल भएको र कांग्रेसको प्रस्तावअनुसार व्यक्तिको नाम भने किटान नगरी संस्थाको नाम राखेर अघि बढ्न सकिने गरी छलफल भएको बताए ।
उनले भने, ‘बैठक सकारात्मक छ । हाउसको गतिरोध अन्त्य गर्न टीओआर निर्माण गर्न जेमा कठिनाइ भइरहेको छ, यसमा सहजीकरण आफ्नो आफ्नो तरिकाबाट गर्ने भन्ने छ । सत्ता पक्षबाट लचकता भएको छ । व्यक्तिको नाम किटान गर्ने कुरा सम्भव हुँदैन । अरू विषयमा संसदीय गरिमा कायम राख्ने गरी भूमिका निर्वाह गर्न आग्रह गरेका छौँ ।’
प्रमुख सचेतक बर्तौलाले कांग्रेस शुक्रबारको बैठकबाट सकारात्मक रूपमा बाहिरिएको बताए । उनले शनिबार ३ बजे बस्ने बैठकमा कांग्रेस सकारात्मक भएर आउने विश्वास रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण