६ सहकारीको रकम अपचलन गर्नेहरूलाई छानबिनको दायरामा ल्याउने गरी सहमतिको प्रयास
काठमाडौँ । संसदीय छानबिन समितिमार्फत विभिन्न ६ वटा सहकारीमाथि संसदीय छानबिन गर्ने कार्यविधि तयका लागि प्रयास थालिएको छ । ६ वटा सहकारीको नाम किटान गरी तिनको रकम अपचलनमा संलग्नहरूमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने तयारीमा सत्ता पक्षीय दलहरू लागेका हुन् ।
संसदीय छानबिन समितिको कार्यविधि बनाउन अहिले केही बेरमा बस्ने कार्यदल बैठकमा यस्तो प्रस्ताव राख्ने सहमति सत्ताधारी दलहरूबिच बनेको एक नेताले रातोपाटीलाई बताए । वीरगन्जको सानो पाइला, भैरहवाको सुप्रीम, काठमाडौँको स्वर्णलक्ष्मी, नेपालगन्जको समानता, चितवनको सहारा, सहकारीसहित सङ्कटग्रस्त ३३ सहकारीको रकम अपचलन गर्ने व्यक्तिहरूमाथि छानबिन गर्ने गरी समिति प्रस्ताव गर्न लागिएको हो ।
सत्तापक्षले रवि लामिछानेको नाम नराखी रकम अपचलनमा संलग्नहरू माथि छानबिन भन्ने प्रस्ताव राख्न लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नमानेपछि श्रममन्त्री डीपी अर्याल सञ्चालक रहेको हाम्रो कृषि सहकारीको भने नामै किटान गर्न नसकिएको सत्ता पक्षको प्रस्ताव लेखनमा संलग्न एक नेताले बताए ।
छानबिन समितिको कार्यविधि बनाउन केही बेरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदलको बैठकमा यसबारे छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण