विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । कास्की, उदयपुर, रोल्पा लगायतका जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड कोप्चेघाटस्थित फेवातालमा पर्वत फलेवास नगरपालिका–८ ठानामौला घर भएका ५८ वर्षीय नेत्रबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका छन् ।
उनी शनिबार फेला परेका हुन् । त्यस्तै उदयपुरको कटारी नगरपालिका–७ बुढाबुढीस्थित गोरेटो बाटोमा उदयपुरगढी गाउँपालिका–३ बस्ने ६० वर्षीय मानवीर विश्वकर्मा मृत अवस्थामा फेला परेका छन् । विक शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी उदयपुर बेलका नगरपालिका–७ कोसपास्थित सप्तकोशी नदीको किनारमा एक महिला र पुरुष मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिला र पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
उता, रोल्पाको सुनिलस्मृती गाउँपालिका–२ महेन्द्रीस्थित माडी खोलामा एक पुरुष मृत फेला परेका छन् । नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै झापाको बुद्धशान्ती गाउँपालिका–२ जयपुर चोकमा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् । नाम, थर र वतन नखुलेका अन्दाजी ६६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण