सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला

शनिबार, १२ जेठ २०८१, १७ : १०
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । कास्की, उदयपुर, रोल्पा लगायतका जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका हुन् ।  प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड कोप्चेघाटस्थित फेवातालमा पर्वत फलेवास नगरपालिका–८ ठानामौला घर भएका ५८ वर्षीय नेत्रबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका छन् ।

उनी शनिबार फेला परेका हुन् । त्यस्तै उदयपुरको कटारी नगरपालिका–७ बुढाबुढीस्थित गोरेटो बाटोमा उदयपुरगढी गाउँपालिका–३ बस्ने ६० वर्षीय मानवीर विश्वकर्मा मृत अवस्थामा फेला परेका छन् । विक शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी उदयपुर बेलका नगरपालिका–७ कोसपास्थित सप्तकोशी नदीको किनारमा एक महिला र पुरुष मृत फेला परेका छन् ।  नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिला र पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

उता, रोल्पाको सुनिलस्मृती गाउँपालिका–२ महेन्द्रीस्थित माडी खोलामा एक पुरुष मृत फेला परेका छन् ।  नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै झापाको बुद्धशान्ती गाउँपालिका–२ जयपुर चोकमा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।  नाम, थर र वतन नखुलेका अन्दाजी ६६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप