अस्पतालमा आगलागी हुँदा दिल्लीमा ६ नवजात शिशुको मृत्यु
आइतबार, १३ जेठ २०८१, १० : ५८
नयाँ दिल्ली । पूर्वी दिल्लीको विवेक विहार क्षेत्रको बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ । दिल्ली अग्नि विभागका अनुसार अस्पतालमा आगलागी भएको जानकारी राति ११ः ३२ बजेतिर फोनमार्फत प्राप्त भएको थियो ।
अधिकारीहरूका अनुसार अस्पतालबाट १२ बालबालिकालाई उद्धार गरिएको थियो । तीमध्ये ६ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
अन्य ६ जना बालबालिकालाई भेन्टिलेटरमा राखिएको छ । आगलागीको कारण खुल्न नसकेको दमकल अधिकृत राजेश अटवालले बताए ।
आगलागी अस्पताल नजिकैको भवनमा पनि भएको थियो । ‘हामी यहाँ पुग्नुअघि नै यहाँबाट केही मानिसलाई निकालिसकेको थियो । हामीले जम्मा १२ जनालाई उद्धार गरेका थियौँ,’राजेश अटवालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण