बादशाहसँग नाम जोडिएपछि के भनिन् हानिया आमिरले ?

नयाँ दिल्ली । चर्चित भारतीय र्यापर तथा गायक बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिर प्रेम सम्बन्धमा रहेको अफवाह चलिरहेको छ । प्रायः एक अर्काको साथमा देखिन थालेपछि दुवैले डेट गरिरहेको अड्कल गर्न लागिएको थियो । हालै हानियाले बादशाहसँग लिंकअपबारे प्रतिक्रिया दिएकी छिन् । हालै एक अन्तरवार्तामा हारुन रसिदले हानियालाई हिजो आज कुन गीत सुनिरहनु भएको छ भनेर सोधेका थिए ।
यसको जवाफमा अभिनेत्रीले बादशाह, हितेन करण औजलाको ‘गड ड्याम’ को नाम लिएकी थिइन् । त्यसपछि उनले बादशाहसँगको सम्बन्ध बारे सोधेका थिए ।
दुबईमा हानिया र बादशाहले सँगै पार्टी गरेको भिडियो र तस्बिर पनि भाइरल भएका थिए । दुवै जना सम्बन्धमा रहेको कुरा सुनेर हानिया हासेकी थिइन् । आफू अविवाहित रहेकोले बादशाहसँग आफ्नो नाम जोडिएको उनको भनाइ थियो । आफू विवाहित हुन्थेँ भने यस्ता अफवाहबाट बच्थेँ भन्ने जवाफ हानियाले दिएकी थिइन् ।
बादशाह राम्रो साथी हुन्
हानिया र बादशाहको मित्रता इन्ष्टाग्राममार्फत भएको थियो । हानियाको पोष्टमा बादशाहले लाइक र म्यासेज गरेपछि दुईबिच मित्रता सुरु भएको थियो । ‘बादशाह मेरो राम्रो साथी हो । उनी साधारण र असल व्यक्ति हुन् ,’ हानियाले भनेकी छिन् ।
को हुन् हानिया आमिर ?
हानिया पाकिस्तानकी चर्चित अभिनेत्री हुन् । १९ वर्षको उमेरमा उनले रोमान्टिक कमेडी फिल्म जानमबाट डेब्यू गरेकी थिइन् । उनले आफ्नो पहिचान भने टेलि सिरियल तित्लीबाट पाएकी हुन् । उनी कयौँ चर्चित टिभी सिरियल र फिल्ममा पनि देखिएकी छिन् । उनको करियरको टर्निङ प्वाइन्ट टिभी सो ‘मेरे हमसफर’ भयो । यसले हानियालाई नसोचेको लोकप्रियता दिलायो । भारत, बङ्गलादेश र नेपाल समेत यो सो निकै हेरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर