सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
कांग्रेस उत्रियो सडकमा (फोटोफिचर)
सहकारी ठगी प्रकरण

कांग्रेस उत्रियो सडकमा (फोटोफिचर)

आइतबार, १३ जेठ २०८१

काठमाडौँ । सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको माग राखेर सदन अवरोध गरिरहेको कांग्रेस आइतबारदेखि सडकमा उत्रिएको छ । गत फागुनमा गठबन्धन फेरिएर सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ । 

संसदमा कांग्रेसको नाराबाजीका बिच सरकार पक्ष पेलेर जान खोजेपछि कांग्रेस सडकमा उत्रिएको छ । गत बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको काठमाडौँ, ललितपुर र भक्तपुर कार्यसमितिको ब्यानरमा प्रदर्शन गर्ने निर्णय भएको थियो । 

प्रदर्शनमा कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठन, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिबारे नारा अगाडि सारको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया