प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताएका छन् । सूर्योदय मिल्स एण्ड बेभरेज उद्योग प्रालि विराटनगर–१४ द्वारा घ्यू जापान निर्यात हुने कार्यको आज शुभारम्भ गर्दै उनले कृषिको उत्पादन र उपादकत्व बढाउन आयातलाई प्रतिस्थापन रोजगारी वृद्धिमा सहयोग पु-याउने काम गरिरहेको जानकारी दिए ।
उनले कोशी प्रदेशबाट वार्षिक ५० टन घ्यु जापान निर्यात हुने सम्झौता हुनु गौरवको कुरा भएको र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे । उनले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा मिल्क एण्ड बेभरेजलाई स्वदेशको बजार खपत वृद्धि तथा विदेशमा निर्यात गर्न उत्पादन लागत घटाउन सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशको परिचयको रुपमा रहेको घ्यु, चिया, मह, चिउरा उत्पादन र ब्राण्डिङ गरी निर्यात प्रवद्र्धन गरेमा रोजगारी वृद्धि र गरिबी निवारण गर्न सकिने बताए । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले प्रदेशमा दूध उत्पादन वृद्धि भई तराईमा धुलो दूध, पहाडी क्षेत्रमा छुर्पी उत्पादन हुने गरेकाले सरकाले घ्यू, धुलो दूध उत्पादनमा अनुदान उपलव्ध गराएको जानकारी दिए ।
नेपाल डेरी एशोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उत्पादन लागत वृद्धिले डेरी उत्पादन निर्यातमा समस्या आएको जानकारी दिए । मुलुकमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुनका साथै ३१ लाख बजारमा बिक्रीका लागि जाने गरेको उनको भनाइ छ । दैनिक रु छ करोड रकम ग्रामीण क्षेत्रका किसानले प्राप्त गर्ने र ४० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिए । उद्योगका सञ्चालक मनोज यादवले जापानको पद्क कर्पोरेशन लिमिटेडलाई यस पटक एक हजार दुई केजी घ्यू, तीन हजार केजी चिउरा, एक हजार दुई सय केजी मह, तीन हजार केजी चियापत्ती गरी १० टन निर्यात गर्न लागेको जानकारी दिए ।
विराटनगर १४ मा स्थापित उक्त डेरीले दैनिक धुलो दूध ३० हजार केजी, घ्यू दुई हजार केजी र दूध, दही, बटर उत्पादन गर्दै आएको छ । कोशी प्रदेश सरकारले प्रदेशमा धुलो दुध उत्पादनका लागि दुग्ध विकास आयोजना विराटनगरलाई रु पाँच करोड, सगरमाथा सहयोग दूध उत्पादन केन्द तरहरा सुनसरीलाई रु २० करोड र सूर्योदयलाई रु दुई करोड सहयोग उपलव्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण