सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीलाई अब संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ : सभापति बानियाँ

आइतबार, १३ जेठ २०८१, १५ : २०
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संसदीय छानबिन समिति गठन नभए गृहमन्त्री रवि लामिछानेलाई बहिस्कार गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टीले आयोजना गरेको सहकारी ठगीविरुद्धको विरोध प्रदर्शनमा उनले जनताको पैसामाथि बेइमानी गर्नेहरू कांग्रेसका लागि स्वीकार्य नभएको बताए । ‘जनताको पैसामाथि बेइमानी गर्ने जोगिनु हुँदैन । संसदीय छानबिन समिति गठन नभए कांग्रेस संसद् बहिस्कार गर्नुपर्छ । सहकारी ठग गृहमन्त्री रवि लामिछानेलाई संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ,’ उनी भन्छन् ।

सहकारी ठगलाई जोगाउन एमाले लागिराखेको भन्दै यो रहस्यमय भएको उनको भनाइ छ । ‘केपी शर्मा ओलीका मान्छे सहकारी ठगीमा जेल जाने भएपछि रविलाई जोगाउने काम भएको छ । मान्छे मार्नेहरू सरकारमा छन् । हामी जनता बचाउन सडकमा आएका हौँ । देशमा अप्ठ्यारो हुँदा गृहमन्त्री देश जोडेर माग्नु भयो । ग्यालेक्सी टिभीमा अप्ठ्यारो हुँदा सबै कुम्ल्याएर भाग्नु भयो । त्यो लुकाउन राजनीतिमा आउनु भएको छ,’ उनले भने ।

संसदमा बलजब्त्ती गरिए सबै ठाउँबाट कांग्रेसले प्रतिवाद गर्ने उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाटै गणतन्त्र खतरामा परेको बानियाँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप