गृहमन्त्रीलाई अब संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ : सभापति बानियाँ
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संसदीय छानबिन समिति गठन नभए गृहमन्त्री रवि लामिछानेलाई बहिस्कार गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टीले आयोजना गरेको सहकारी ठगीविरुद्धको विरोध प्रदर्शनमा उनले जनताको पैसामाथि बेइमानी गर्नेहरू कांग्रेसका लागि स्वीकार्य नभएको बताए । ‘जनताको पैसामाथि बेइमानी गर्ने जोगिनु हुँदैन । संसदीय छानबिन समिति गठन नभए कांग्रेस संसद् बहिस्कार गर्नुपर्छ । सहकारी ठग गृहमन्त्री रवि लामिछानेलाई संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ,’ उनी भन्छन् ।
सहकारी ठगलाई जोगाउन एमाले लागिराखेको भन्दै यो रहस्यमय भएको उनको भनाइ छ । ‘केपी शर्मा ओलीका मान्छे सहकारी ठगीमा जेल जाने भएपछि रविलाई जोगाउने काम भएको छ । मान्छे मार्नेहरू सरकारमा छन् । हामी जनता बचाउन सडकमा आएका हौँ । देशमा अप्ठ्यारो हुँदा गृहमन्त्री देश जोडेर माग्नु भयो । ग्यालेक्सी टिभीमा अप्ठ्यारो हुँदा सबै कुम्ल्याएर भाग्नु भयो । त्यो लुकाउन राजनीतिमा आउनु भएको छ,’ उनले भने ।
संसदमा बलजब्त्ती गरिए सबै ठाउँबाट कांग्रेसले प्रतिवाद गर्ने उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाटै गणतन्त्र खतरामा परेको बानियाँले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण