सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

कांग्रेस संसद‍्मा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने चलखेलमा छ : महासचिव पोखरेल

आइतबार, १३ जेठ २०८१, १५ : ४३
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन् । आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 

महासचिव पोखरेलले मुलुकमा अहिले अस्थिरता रहेको बताए । उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए । 

महासचिव पोखरेलले कांग्रेसले संसद‍्मा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए । उनले आफू सरकारमा पुग्नका लागि कांग्रेस संसद्लाई बन्धक बनाउन लागि परेको जिकिर गरे । संसद्को अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको उनले बताए ।

महासचिव पोखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामर्थ्य एमालेले जुटाउन नसकेको बताए । उनले मिसन ०८४ मा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुममा स्थापित गर्नुपर्ने बताए । अरूको सहारा बिना एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप