कांग्रेस संसद्मा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने चलखेलमा छ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन् । आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
महासचिव पोखरेलले मुलुकमा अहिले अस्थिरता रहेको बताए । उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए ।
महासचिव पोखरेलले कांग्रेसले संसद्मा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए । उनले आफू सरकारमा पुग्नका लागि कांग्रेस संसद्लाई बन्धक बनाउन लागि परेको जिकिर गरे । संसद्को अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको उनले बताए ।
महासचिव पोखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामर्थ्य एमालेले जुटाउन नसकेको बताए । उनले मिसन ०८४ मा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुममा स्थापित गर्नुपर्ने बताए । अरूको सहारा बिना एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण