सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीले संसदीय छानबिनमा चार कारण रविको नाम लेख्न चाहँदैनन् : महामन्त्री शर्मा

आइतबार, १३ जेठ २०८१, १६ : १२
आइतबार, १३ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेको नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानबिन समिति बनाउन एमाले अध्यक्ष केपी शर्माले चाहेको दाबी गरेका छन् । काठमाडौँको प्रदर्शनी मार्गमा ‘सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरुद्ध’ कांग्रेसले आइतबार गरेको खुला सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनुहुन्छ,’ उनी भन्छन् । 

सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नचाहनुको चार कारण रहेको उनको भनाइ छ । ‘तपाईंकै एमालेका कैयौँ साथीहरू- जो सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यो जोगाउन एमाले पार्टीलाई नै बदनाम गराउने कर्म गरिरहनुभएको छ,’ शर्माले भने ।

शर्माले दुई वटा राहदानी हुनेले गृह मन्त्रालय चलाएको र दुई वटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै छानबिनको माग गरे । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दा भन्दै कार्यकक्षबाट गिरफ्तार गरियो । दुई वटा पासपोर्ट भएर गृह मन्त्रालय चलाउने, दुई वटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो ?, उनको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप