अक्सिजनको सिलिन्डर विस्फोट हुँदा लागेको थियो अस्पतालमा आगलागी
नयाँ दिल्ली । पूर्वी दिल्लीको विवेक विहारस्थित नवजात शिशु स्याहार केन्द्रमा अस्पतालमा शनिवार अबेर रात भएको आगलागीमा ७ नवजात शिशुको मृत्यु भएको छ ।
बेबी केयर सेन्टरमा आगो लाग्ने बित्तिकै स्थानीयहरूको सहायतामा उद्धार कार्य थालिएको थियो । १२ शिशुको उद्धार गरिएको भए पनि एकको उद्धारको क्रममै मृत्यु भइसकेको थियो । अरू ६ जनाको अर्को अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बाँकी ५ मध्ये पनि एकको हालत गम्भीर रहेको बताइएको छ । रित्ता अक्सिजनको सिलिन्डर भर्ने क्रममा पड्किँदा सो दुर्घटना भएको बताइएको छ । तीन तले सो भवनको भूइँतलामा अक्सिजनको अवैध रिफिलिङ हुने गरेको थियो । अक्सिजनको सिलिन्डर भर्ने क्रममा विस्फोट भएको र एक पछि अर्को गर्दै अनेकौँ विस्फोटको आवाज सुनिएको बताइएको छ ।
दिल्लीका मुख्यमन्त्री केजरीवालले के भने ?
केजरीवालले यो घटनालाई हृदयविदारक भनेका छन् । ‘बाल अस्पतालमा भएको आगलागीको घटना हृदयविदारक छ । यस दुर्घटनामा आफू नवजात शिशु गुमाउनेहरूको साथमा छौं ।’ एक्सको एक पोस्टमा अरविन्द केजरीवालले भनेका छन् । घटनाको पछाडिको कारणको अनुसन्धान भइरहेको र यस लापरबाहीको लागि जिम्मेवार जोसुकैलाई उन्मुक्ति नदिइने पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण