गेम जोन आगलागी प्रकरणमा दुई जना पक्राउ, ६ विरुद्ध मुद्दा दर्ता
नयाँ दिल्ली । गुजरात राज्यको राजकोटमा गेम जोनमा भएको आगलागीको घटनामा राजकोट प्रहरीले अहिलेसम्म दुई जनालाई पक्राउ गरेको छ ।
राजकोट प्रहरीका आयुक्त राजु भार्गवका अनुसार ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । आईपीसीको धारा ३०४, ३०८, ३३६, ३३८ र ११४ अन्तर्गत ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको बताइएको छ ।
राजकोटको गेम जोनमा शनिवार साँझ भएको आगलागीमा बालबालिकासहित २७ जनाको मृत्यु भएको थियो । ‘यस घटनामा प्रहरीले दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । बाँकी चार अभियुक्तको खोजीमा अपराध महाशाखाको टोली खटिएको छ । जतिसक्दो चाँडो अनुसन्धान पूरा गरी यस मुद्दामा आरोप पत्र दायर गर्ने हाम्रो प्रयास हुनेछ,’ भार्गवले भनेका छन् । गुजरात सरकारले घटनाको छानबिन गर्न एसआईटी गठनको घोषणा गरेको छ ।
पाँच सदस्यीय एसआईटीको अध्यक्षको जिम्मेवारी सीआईडी क्राइमका प्रहरी महानिर्देशक सुभाष त्रिवेदीलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण