हार्दिक र नताशाबिच सम्बन्धविच्छेदको अड्कलबाजी

मुम्बई । भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याकी पत्नी नताशा स्टान्कोभिकले आफ्नो इन्स्टाग्रामबाट पाण्ड्या थर हटाएकी छिन् । यसपछि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धविच्छेदको अड्कलबाजी भइरहेको छ ।
यसपटक नताशा आईपीएलबाट पूरै गायब थिइन् । नताशा मुम्बईको कुनै पनि खेलमा चियर गर्न स्टेडियम आएकी थिइनन् । यसपछि उनीहरूको सम्बन्धमा दूरी बढेको अनुमान गरिएको थियो । यद्यपि दुवै पक्षबाट अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।
यसैबिच नताशा मुम्बईमा देखिएकी थिइन् । यसै क्रममा जब रिपोर्टरले उनलाई सम्बन्धविच्छेदको बारेमा सोधे, नताशाले आक्रोशित हुँदै भनिन्, 'धेरै धेरै धन्यवाद'।
नताशा र हार्दिकको विवाह ३१ मे २०२० मा भएको थियो । दुवैले गत फेब्रुअरीमा भ्यालेन्टाइन डेको अवसरमा परम्परागत रीति–रिवाजमा विवाह गरेका थिए । राजस्थानको उदयपुरमा भव्य विवाह समारोह सम्पन्न भएको छ । उनीहरूको एक छोरा छन् ।
नताशा स्टानकोविचको जन्म ४ मार्च १९९२ मा सर्बियामा भएको थियो । बलिउडमा उनको पहिलो फिल्म सत्याग्रह थियो। यसबाहेक उनी बिग बोस ८ र नच बलिए ९ मा पनि प्रतियोगीका रूपमा देखिएकी थिइन् । उनले बादशाहको गीत डीजे वाले बाबुबाट निकै चर्चा पाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह