हार्दिक र नताशाबिच सम्बन्धविच्छेदको अड्कलबाजी
मुम्बई । भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याकी पत्नी नताशा स्टान्कोभिकले आफ्नो इन्स्टाग्रामबाट पाण्ड्या थर हटाएकी छिन् । यसपछि सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धविच्छेदको अड्कलबाजी भइरहेको छ ।
यसपटक नताशा आईपीएलबाट पूरै गायब थिइन् । नताशा मुम्बईको कुनै पनि खेलमा चियर गर्न स्टेडियम आएकी थिइनन् । यसपछि उनीहरूको सम्बन्धमा दूरी बढेको अनुमान गरिएको थियो । यद्यपि दुवै पक्षबाट अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।
यसैबिच नताशा मुम्बईमा देखिएकी थिइन् । यसै क्रममा जब रिपोर्टरले उनलाई सम्बन्धविच्छेदको बारेमा सोधे, नताशाले आक्रोशित हुँदै भनिन्, 'धेरै धेरै धन्यवाद'।
नताशा र हार्दिकको विवाह ३१ मे २०२० मा भएको थियो । दुवैले गत फेब्रुअरीमा भ्यालेन्टाइन डेको अवसरमा परम्परागत रीति–रिवाजमा विवाह गरेका थिए । राजस्थानको उदयपुरमा भव्य विवाह समारोह सम्पन्न भएको छ । उनीहरूको एक छोरा छन् ।
नताशा स्टानकोविचको जन्म ४ मार्च १९९२ मा सर्बियामा भएको थियो । बलिउडमा उनको पहिलो फिल्म सत्याग्रह थियो। यसबाहेक उनी बिग बोस ८ र नच बलिए ९ मा पनि प्रतियोगीका रूपमा देखिएकी थिइन् । उनले बादशाहको गीत डीजे वाले बाबुबाट निकै चर्चा पाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण