२०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि
काठमाडौँ । सरकारले १५ औँ आवधिक योजनामार्फत गरिबीको दरलाई तीव्र दरमा घटाउने रणनीतिमा कोभिड–१९ र विश्व घटना बाधक बनेको तर्क गरेको छ । आइतबार आर्थिक सर्वेक्षण २०८१ जारी गर्दै सरकारले कोभिड–१९ महामारी र विश्व परिघटनाबाट आपूर्ति शृङ्खलामा परेको प्रभावको कारण निरपेक्ष गरिबीको दर घटाउन नसकिएको उल्लेख गरेको हो ।
नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको जनाएको थियो । यसमा ग्रामीण क्षेत्रमा निरपेक्ष गरिबीको सङ्ख्या २४.६६ प्रतिशत रहेकोमा सहरी क्षेत्रमा १८.३४ प्रतिशत रहेको बताइएको थियो । १५ औँ योजनाले यस्तो निरपेक्ष गरिबीको दरलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो ।
तर, १५ औँ योजनाको अन्तसम्ममा लक्षित सीमामा गरिबीको दरलाई झार्न नसकिएको बताउँदै सरकारले यसको कारण कोभिड–१९ र विश्व परिघटना रहेको दोष लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण