अमेरिकी दूतावासमा बिदा, सन्दीपको भिसा अन्योलमा
_3OJdqX1yCp.jpg)
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ ।
आज काठमाडौँस्थित अमेरिकी दूतावासमा पनि बिदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो । पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका छन् । तर अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप गुमाउने खतरा झन् झन् बढ्दै गएको छ ।
नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको थियो भने उनको जर्सी लगायतका कुराहरू प्रिन्ट पनि भइसकेका थिए ।
फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो । भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीहरूले सन्दीपलाई खेल्न पठाउने या नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन् ।
यदि सरकारले कूटनीतिक नोट बनाएर दूतावासमा पठाएमा सन्दीप खेल्न जान पाउने छन् । तर, अहिलेसम्म कूटनीतिक नोट तयार भने भएको छैन । सामान्य पत्र तयार भए पनि उक्त पत्रका आधारमा भिसा दिन नसकिने सङ्केत दूतावासले गरि सकेको छ । त्यसैले अहिले क्यानका पदाधिकारीहरूले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन् । युवा तथा खेलकुद मन्त्रीलाई भने यसअघि सन्दीपसहितको टोलीले भेटेको थियो । त्यहाँबाट प्रक्रिया अघि बढाएर परराष्ट्रमा पत्र पुगेको बुझिएको छ । परराष्ट्रका अधिकारीहरूले प्रक्रिया अघि बढाउनु भन्दा पहिला दूतावाससँग समन्वय हुनु पर्ने बताएका छन् । तर, आज सार्वजनिक बिदा परेकाले दूतावासले छलफल गर्नका लागि मंगलबारलाई समय तय हुन सक्ने सङ्केत गरेका छन् । मेमोरियल डे अमेरिकी सेनामा कार्यरतहरूले जीवन आहुति गरेको दिनको रूपमा मनाइन्छ ।
मेमोरियल डेको उपलक्ष्यमा आज अमेरिकी दूतावासमा बिदा भए पनि मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि कार्यालय भने खुला रहने छ । यता नेपाल सरकारका सरकारी निकायहरू भने मंगलबार बिदा हुँदा त्यसले पनि भिजा प्रक्रियामा अप्ठेरो पार्ने सम्भावना झन् बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची