यसरी भएको थियो राजकोट गेम जोनमा आगलागी
गुजरात । गुजरातको राजकोटमा रहेको टीआरपी गेम जोनमा लागेको आगलागी घटनाको चारओटा सीसीटीभी फुटेज बाहिरिएको छ । शनिवार भएको सो घटनामा २७ जनाको मृत्यु भएको थियो ।
मर्नेमा ठुलो सङ्ख्यामा बालबालिका थिए । पहिलो फुटेज साँझ ५ः३३ः३० बजेको छ । यसमा गेम जोनभित्र वेल्डिङको काम भइरहेको देखिन्छ ।
वेल्डिङ भइरहेको ठाउँको ठिक मुनि फोम सिटको ठुलो प्याड थियो । वेल्डिङबाट निस्किएको झिल्कोले सो फोम सिटलाई टिपेको देखिन्छ ।
५ः३४ः०६ बजे सम्ममा फोम जल्न सुरु हुन्छ । छिट्टै मानिसहरूको भिड लाग्छ ।
केही मानिस आगोले नछोएको फोम सिटको हिस्सा हटाउन खोज्छन् । तर हटाउन सक्दैनन् । हेर्दाहेर्दै आगो तेजसँग फैलिन थाल्छ ।
अर्को एक फुटेजमा केही मानिसले फायर एक्सटिङ् गुइसरले आगो निभाइरहेका देखिन्छन् । तर सफल हुँदैनन् । केही मिनेटमै मानिसहरू यताउता भागिरहेको देखिन्छ ।
फेरि फायर एक्सटिङ्गुइसरले आगो निभाउने प्रयास हुन्छ । तर एक मिनेटभित्रै आगो ह्वारह्वार्ती फैलिन थाल्छ ।
वेल्डिङ भइरहेको ठाउँको ठिक मुनि ३५०० लिटर जति डिजेल र पेट्रोल राखिएको थियो । त्यसमा आगोले समातेपछि आगो भड्किएको थियो ।
यस मामिलाको जाँच गर्न राज्य सरकारले एक एसआईटी समिति गठन गरेको छ । प्रहरीले गेम जोनका मालिकलाई समातेका छन् । उनीविरुद्ध यस मामिलामा मुद्दा दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण