राजनीति
बालुवाटारमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै
सोमबार, १४ जेठ २०८१, १६ : ५७
काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ । अपराह्न ५ बजे कार्यदलको बैठक बस्न लागिएको एमालेबाट कार्यदल सदस्य रहेका महेश बर्तौलाले रातोपाटीलाई बताए ।
बर्तौलाका अनुसार टीओआरमा सहमतिको मिलनबिन्दु खोजिने छ । यसअघि बिहान बालुवाटारमै बसेको कार्यदलसहित शीर्ष नेताहरूको बैठकमा टीओआरमा सहमति नजुट्दा बैठक विनानिष्कर्ष टुंगिएको छ ।
कांग्रेसले टीओआरमा समस्याग्रस्त सहकारीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम, संस्था र पद उल्लेख गर्नुपर्ने अडानमा छ । सत्तापक्ष विपक्षमा उभिएका छन् । मंगलबार संसद्मा पेश हुने बजेट सहमतिमा नै ल्याउन सत्तापक्षले कांग्रेसलाई मनाउने प्रयास जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण