सङ्घीयताको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्दै जनअपेक्षा अनुरूप शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापित गर्नु आजको जिम्मेवारी भएको बताएका छन् ।
१७ ओैं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताका प्रतिनिधिमार्फत संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानपूर्ण सङ्घर्षको प्रतिफल भएको बताएका छन् ।
'नेपाल आमाका हजारौँ छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्दै संविधानको कार्यान्वयन गर्ने आजको हाम्रो प्रमुख कर्तव्य हो । त्यसबाट मात्र सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्न सकिन्छ । राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरूको पहिलो कर्तव्य त्यही हो,' उनले भनेका छन्, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आजको दिनमा थप सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ । संविधान अनुरूप राज्य संयन्त्रमा भएको परिवर्तन सबै जनताले अनुभूत गर्न सक्नेगरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुनेछ । गणतन्त्रसँगै स्थापित भएको सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्दै जनअपेक्षा अनुरूप शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापित गर्नु आजको हाम्रो जिम्मेवारी हो ।'
उनले संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्र हित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिल्ने विश्वास गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण