कांग्रेसद्वारा संसदीय छानबिन समिति बनाउन भएको सहमति अनुमोदन
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ । मंगलबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठकमा नेपाली कांग्रेस लगायत संसद्मा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमवार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताए ।
उनले भने, ‘आजको बैठकमा नेपाली कांग्रेस लगायत संसद्मा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग हामीले गर्दै आएका थियौँ । त्यसका बारेमा विभिन्न विचारहरू थिए । त्यसमा छलफल चलेकै थियो । हिजो संघीय संसद्मा भएका मुख्य राजनीतिक दलहरूको बिचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । कार्यादेशमा पनि सहमति भयो । कति सदस्य समिति हुने, अवधि कति हुने भन्ने सहमति पनि भयो । त्यो सहमति निस्कर्षउन्मुख सहमति भनेका छौँ । निष्कर्षमा पुग्ने स्थिति बनेको छ । निस्कर्षउन्मुख सहमतिलाई कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको छ । कार्यदलले अन्तिम रूप दिएपछि संसद्मा आएर समितिका रूपमा बन्छ । ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुन्छ । हामी हाम्रो तर्फबाट समितिमा बस्ने मान्य सदस्यहरूको नाम तीन बजे भित्रसम्म दिइसक्छौँ संसद्को सचिवालयलाई ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण