बागमतीमा प्रदेशमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)
मकवानपुर । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस, २०८१ का अवसरमा हेटौँडामा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाको प्राङ्गणमा आयोजित उक्त समारोहमा विविध सम्मान तथा पुरस्कार वितरण र शुभकामना आदान प्रदान गरिएको छ ।
_kjoqBQ36pi.jpg)
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न उक्त समारोहमा प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्य रहेको थियो भने बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको विशेष आतिथ्य रहेको थियो ।
_8VRMEpafnB.jpg)
मन्त्रालयले मुख्यमन्त्री शालिकाराम जम्कट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस मूल आयोजक समिति गठन गरी कार्यक्रम गरिएको थियो । गणतन्त्र दिवसको अवसरमा प्रदेशका मन्त्री तथा कर्मचारीहरू बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको थियो भने वृक्षारोपण लगायतका कार्यक्रम गरिएको थियो ।
_cKC25fgeit.jpg)
गणतन्त्र दिवसको अवसरमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयको चौरबाट प्रभातफेरि निकालिएको थियो । प्रभातफेरि हेटौँडा बजार परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आएर औपचारिक समारोहमा परिणत भएको थियो ।
_qSx8z075gl.jpg)
समारोहमा प्रदेश सरकारका मन्त्री, उपसभामुख, सांसदहरू, कर्मचारी तथा राजनीतिक नियुक्ति लिएका व्यक्ति, मुख्य न्यायाधिवक्ता, मन्त्रालयका सचिव तथा कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायताको उपस्थिति रहेको थियो ।
_8crfTEP3kW.jpg)
_vg6beEA5hx.jpg)
_mUMh5okwvO.jpg)
_GD6qxd4TLX.jpg)
_WODFklCNuH.jpg)
_7F2PHPI4Tq.jpg)
_9Kw3gF6nXw.jpg)
_2ubUlHwamJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण