सुरक्षाकर्मीको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा
काठमाडौँ । सुरक्षाकर्मीहरूको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै सो घोषणा गरेका हुन् ।
प्रहरी र शसस्त्रमा अवकाश हुने उमेर बढाउनुपर्नेबारे छलफल भइरहेको छ । प्रहरी र सशस्त्रको नयाँ ऐनमा त्यसबारे व्यवस्था गर्नेबारे छलफल भइरहेको बेला अर्थमन्त्रीले सो घोषणा गरेका हुन् ।
नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागलाई संस्थागत रूपमा सुदृढ र व्यवसायीक बनाउने घोषणा गरिएको छ । अर्थमन्त्रीले कारागारलाई सुधार गृहको रूपमा विकाश गर्ने घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय सिमा सुरक्षामा स्थानीय नागरिकलाई सहभागिता र अपनत्व बढाउने कार्यक्रम विनियोजन गर्ने घोषणा गरिएको । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारलाई सञ्चालनमा ल्याउने घोषणा गरिएको छ ।
गृह मन्त्रालयतर्फ १ खर्ब ९९ अर्ब २४ करोड रकम विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण