युवा परिचालन कार्यक्रमका लागि तीन अर्ब बजेट विनियोजन
काठमाडौँ । सकारले आर्थिक वर्ष २०८१/८२ मा युवा परिचालन कार्यक्रम सञ्चालन गर्न तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा युवाको क्षमता अभिवृद्धि गरी उत्पादनमूलक क्षेत्रमा समाहित गर्न युवा परिचालन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
युवा परिचालन कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि, पशुपक्षी फर्म, होटल, पर्यटन, निर्माणलगायतका क्षेत्रमा कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने उल्लेख छ ।
यसैगरी स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसिप प्रदान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । यसका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने उल्लेख छ । युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज प्रवाह गरिने पनि उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण