वितरणमुखी बजेट आयो : कांग्रेस सांसद केसी
मङ्गलबार, १५ जेठ २०८१, १७ : ४२
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नर्सिङ केसीले वितरणमुखी बजेट आएको बताएका छन् । मंगलबार संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि टिप्पणी गर्दै लोकप्रीयतावादी बजेट ल्याएको बताए ।
केसीले भने,‘बजेट मूल रूपमा जुन क्षेत्रमा केन्द्रित हुनुपर्थ्यो त्यसमा केन्द्रित नभई वितरणमुखी भएको छ । वितरणमुखी हुनुका साथै जनप्रियतावादी रहेको र ५ लाखलाई रोजगारी दिने भन्ने कार्यक्रम कार्यान्वयन गर्न सम्भव देखिँदैन ।’
सांसद केसीले पूर्वाधार निर्माण, कृषि लगायतका क्षेत्रममा वितरणमुखी बजेट आएको उल्लेख गरे । हरेक वर्ष आर्थिक सुझाव आयोग गठन गरेपनि आर्थिक अनियमिततालाई रोक्न नसकिएको बताए । भ्रष्टाचार रोकथाम अहिलेको आवश्यकता भएपनि बजेटले त्यसले सम्बोधन नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण