राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने घोषणा
काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१–०८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय एकतालाई अक्षुण्ण राख्ने उल्लेख गर्दै सो घोषणा गरेका हुन् ।
अर्थमन्त्री पुनले भने,‘देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरिने छ ।’
बजेटमा नेपाली सेनाले सञ्चालन गर्दै आएको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई निरन्तरता दिइएको छ । सो कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा १ अर्ब ५० करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले संसदमा जानकारी दिए ।
नेपाली सेनालाई प्रविधियुक्त र व्यवसायीक बनाइने अर्थमन्त्रीले बताए । सेनाले सञ्चालन गर्दै आएको सेवादल तालिमलाई स्थानीय स्तरसम्म विस्तार गरिने भएको छ ।
रक्षा मन्त्रालयका लागि सरकारले ५९ अर्ब ८७ करोड रकम विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण