विद्युतीय सवारीमा सरकारले बढायो कर
काठमाडौँ । सरकारले विद्युतीय सवारीको कर वृद्धि गरेको छ । आर्थिक विधेयक, २०८१ मार्फत सरकारले विद्युतीय सवारीको क्षमता (सीसी) को आधारमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म भन्सार शुल्क र १० प्रतिशतसम्म अन्तःशुल्क वृद्धि गरेको हो ।
वृद्धि गरिएको कर अनुसार अब ५० किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार शुल्क लाग्नेछ भने ५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । यसअघि यस सेग्मेन्टका लागि अन्तःशुल्क फ्री थियो भने भन्सार शुल्क १० प्रतिशत मात्र रहेको थियो ।
यसैगरी ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क रहेकोमा समान ५ प्रतिशतले कर वृद्धि गर्दै सरकारले भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत पुर्याइदिएको छ ।
१०० किलोवाटदेखि २०० किलोवाटसम्मको विद्युतीय सवारीमा यसअघि भन्सार शुल्क र अन्तःशुल्क समान २० प्रतिशत रहेकोमा यसपटक भन्सार शुल्क १० प्रतिशतले वृद्धि गर्दै ३० प्रतिशत पुर्याएको छ । तर, यता अन्तःशुल्क भने सरकारले चलाएको छैन ।
यस्तै, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको विद्युतीय सवारीको भन्सार शुल्क २० प्रतिशतले बढाएर ६० प्रतिशत पुर्याइदिएको छ भने यता अन्तःशुल्क भने १० प्रतिशतले घटाएर ३५ प्रतिशतमा झारिदिएको छ । यसअघि यस सेग्मेन्टको विद्युतीय सवारीको भन्सार शुल्क ४० प्रतिशत र अन्तःशुल्क ४५ प्रतिशत रहेको थियो ।
३०० किलोवाटदेखि माथिका सबै विद्युतीय सवारीमा सरकारले समान भन्सारमा २० प्रतिशतले वृद्धि गर्दै ८० प्रतिशत पुर्याएको छ भने अन्तःशुल्कमा १० प्रतिशतले घटाएर ५० प्रतिशतमा झारिदिएको छ । यसअघि यस सेग्मेन्टको विद्युतीय सवारीमा भन्सार शुल्क ६० प्रतिशत र अन्तःशुल्क ६० प्रतिशत रहेको थियो ।
यसअघि भन्सार शुल्क तथा अन्तःशुल्कमा दिइएको सुविधाले विद्युतीय सवारीको माग र प्रयोगमा अत्यधिक वृद्धि आएको तर राजस्व गुमेको निष्कर्षसहित सरकारले यसपटक २० प्रतिशतसम्म भन्सार शुल्क र ५ प्रतिशतसम्म अन्तःशुल्कमा वृद्धि गरेको हो । तथापि, २०० किलोवाट माथिका विद्युतीय सवारीमा अन्तःशुल्क बढाइएको छैन थप घटाइएको छ ।
सीसीका आधारमा कायम गरिएको कर (प्रतिशतमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण