अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो।
सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए । उनीहरू लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको बताइएको छ।
सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सको स्टेट अपरेसन सेन्टरले स्थानीय समयअनुसार करिब २:४५ बजे माछा मारिरहेका दुई जना चट्टानबाट पानीमा खसेको खबर पाएको थियो । त्यसपछि सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सका अधिकारीहरू, न्यु साउथ वेल्स एम्बुलेन्सका स्वास्थ्यकर्मीहरू र मरिन रेस्क्यु पनि घटनास्थल पुगेका थिए ।
घटनास्थलमा उद्धारकर्मी पुगेर दुई जनालाई निकालेर प्राथमिक उपचार दिइएको प्रहरीको भनाई छ। तर, केही समयपछि दुवै जनालाई घटनास्थलमा मृत घोषित गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’, देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण