बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय
अदालत

विकल पौडेललाई विशेषले थुनामा पठायो

बुधबार, १६ जेठ २०८१, १८ : ४७
बुधबार, १६ जेठ २०८१

काठमाडौँ । विशेष अदालत काठमाडौँले विकल पौडेललाई थुनामा पठाउने आदेश दिएको छ ।  बुधबार विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो । 

जेठ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा यसअघि पनि दोषी ठहर भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप