निजामती कर्मचारी अस्पतालले माग्यो विभिन्न पदका लागि कर्मचारी
शुक्रबार, १८ जेठ २०८१, ०७ : ५४
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालको पदपूर्ति समितिले आज एक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका सर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
लिखित परीक्षा मिति लोक सेवा आयोगबाट विस्तृत परीक्षा कार्यक्रम तय भए पश्चात् प्रकाशन गरिने र अन्तर्वार्ताको कार्यक्रम र मिति लिखित परीक्षाको नतिजा प्रकाशन भए पश्चात् सूचना गरिने अस्पतालले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण