निजामती कर्मचारी अस्पतालले माग्यो विभिन्न पदका लागि कर्मचारी
शुक्रबार, १८ जेठ २०८१, ०७ : ५४
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालको पदपूर्ति समितिले आज एक सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका सर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
लिखित परीक्षा मिति लोक सेवा आयोगबाट विस्तृत परीक्षा कार्यक्रम तय भए पश्चात् प्रकाशन गरिने र अन्तर्वार्ताको कार्यक्रम र मिति लिखित परीक्षाको नतिजा प्रकाशन भए पश्चात् सूचना गरिने अस्पतालले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुने ऊर्जामन्त्रीको विश्वास
-
टिकेन सेयर बजारको उत्साह, फाइनान्स समूह भने बढेको बढ्यै
-
वनबाट वार्षिक ४० अर्बको राजस्व सङ्कलन, १२ अर्ब रुपैयाँ बराबरको रोजगारी सिर्जना हुने
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा