लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न रोक लगाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ । तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ । दुर्गा प्रसाईंको हतियारको यात्रा अनुमति बारेमा गृह मन्त्रालयले छानबिन गरेको थियो । प्रसाईंलाई हतियार दिने निर्णय र अनुमति पत्रमा फरक विवरण भेटिएको छ ।
सर्वोच्च अदालतबाट प्रसाईंको हतियार बरामद गरेपछि मन्त्रिपरिषद्ले इजाजत प्राप्त हतियार बोक्न थप कडाइ गरेको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ,‘प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण