मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ
काठमाडौँ । मोटरसाइकल चोरीको आरोपमा काठमाडौँबाट चार जना पक्राउ परेका छन् । बिहीबार ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ घर भई हाल काठमाडौँको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका ६ घर भई कपन बस्दै आएको २६ वर्षीय नवीन शाही, सोही गाउँपालिका ५ घर भई हाल कपन बस्ने ३० वर्षीय रमेश बम र कालिकोटको रास्कोट नगरपालिका ५ घर भई नयाँ बानेश्वर बस्ने मुकुन्द शाही रहेका छन् ।
ट्राफिक प्रहरीले काठमाडौँको पद्मोदय मोडबाट विशाललाई बिहीबार नियन्त्रणमा लिएको थियो । वास्तविक नम्बर परिवर्तन गरी लु ६८ प ०९ ४३ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । विशाललाई सोधपुछ गर्दा उक्त मोटरसाइकल नवीनले दिएको खुलेपछि लगातार ३ जना पक्राउ परेका थिए ।
से ५ प ८० ३८ नम्बर राखी चलाइरहेको अवस्थामा चालक रमेशसहित पछाडी सवार नवीनलाई काठमाडौँको भृकुटी मण्डपबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीहरुले ०९४३ नम्बरको मोटरसाइकल मुकुन्दले उपलब्ध गराएको बताएका थिए । मुकुन्द काठमाडौँको बानेश्वर खरिबाेटबाट पक्राउ परेका थिए ।
विशालले चलाएको ०९४३ नम्बरको मोटरसाइकलको वास्तविक नम्बर मधेस प्रदेश ०३–०२५ प ७७ ९६ नम्बरको मोटरसाइकल काठमाडौँको काँडाघारीबाट हराएको र रमेशले चलाएको ८०३८ मोटरसाइकलको वास्तविक नम्बर बाग्मती प्रदेश ०२–०३४ प
८१ ४५ हाे । सो मोटरसाइकल ललितपुरबाट हराएको भनी पीडितले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा लिइएका चारै जनालाई अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण