प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकता दिन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई आगामी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन् । विराटनगरमा शनिबार आयोजित सहकारी संस्थाहरू सु–सञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी रोजगार सिर्जना गर्न सक्ने क्षेत्र भएको बताएका हुन् ।
वर्तमान समयमा सहकारीप्रति नकारात्मक धारणा बढिरहेको बताउँदै उनले त्यसलाई चिर्न सहकारीले उत्पादनमूलक काम गर्नुपर्ने बताए । ‘सहकारी भनेपछि जे पनि गर्न मिल्ने चलन बस्यो,’ उनले भने, ‘गरिबी उत्थानको लागि खोलिएका सहकारी धनीले धन कमाउने अखडा जस्तो देखियो ।’
पैसा जम्मा गर्दा थोरै थोरै हुने र झिक्दा धेरै हुने भएकाले सबै एकै पटक माग्न आउँदा सहकारी मात्र हैन बैंकले पनि फिर्ता दिन नसक्ने बताउँदै मुख्यमन्त्री कार्कीले कतिपय सहकारी अफवाहका कारण पनि समस्यामा आएको बताए । उनले भने, ‘नियमन प्रक्रिया पनि कमजोर भयो । नियमन गर्ने निकायले कस्तो नियमन गरो भनेर अब सरकारले विशेष ध्यान दिन्छ ।’
कोशी प्रदेशका सहकारीको विकासको लागि र समस्या आउन नदिनको लागि पनि सरकारले ध्यान दिनेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर