ट्रम्पलाई सजाय दिइयो भने उनको चुनावी अभियान के हुन्छ ?
वाशिङटन डीसी । न्युयोर्कमा ऐतिहासिक मुद्दामा दोषी ठहरिएपछि पनि राष्ट्रपतिको निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान जारी रहनेछ । ट्रम्पका एक वकिलले बीबीसीसँग यस्तो बताएका हुन् ।
२०१६ को चुनावी अभियान अघि पोर्न स्टार स्टर्मी डेनियललाई आफूहरूबिचको सम्बन्धबारे मुख नखुल्न पैसा दिएको र आफ्नो व्यवसायको बहिखातामा हेरफेर गरेको ३४ ओटा मुद्दामा अदालतले ट्रम्पलाई दोषी ठहर गरेको थियो । फौजदारी मुद्दामा दोषी ठहर हुने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् ।
ट्रम्पले भने यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको र अदालतमा धोखाघडी भएको बताएका छन् । ट्रम्प राजनीतिक र छनौट अभियोगको सिकार भएको ट्रम्पका वकिल एलिना हुब्बाले बीबीसीलाई बताएकी छिन् ।
म्यानहट्टनको अदालतमा ७ हप्ताको अदालती कारबाहीका क्रममा ट्रम्प ३४ ओटै आरोपमा दोषी ठहर भएका थिए । ट्रम्पलाई जुलाई ११ मा सजाय सुनाइनेछ । ट्रम्पले यस निर्णयविरुद्ध पुनरावेदन अदालतमा जाँदै छन् । ट्रम्प जेल गए पनि नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा आफ्नो उम्मेदवारी जारी राख्ने हब्बाले बताएका छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण