ट्रम्पलाई सजाय दिइयो भने उनको चुनावी अभियान के हुन्छ ?

वाशिङटन डीसी । न्युयोर्कमा ऐतिहासिक मुद्दामा दोषी ठहरिएपछि पनि राष्ट्रपतिको निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान जारी रहनेछ । ट्रम्पका एक वकिलले बीबीसीसँग यस्तो बताएका हुन् ।
२०१६ को चुनावी अभियान अघि पोर्न स्टार स्टर्मी डेनियललाई आफूहरूबिचको सम्बन्धबारे मुख नखुल्न पैसा दिएको र आफ्नो व्यवसायको बहिखातामा हेरफेर गरेको ३४ ओटा मुद्दामा अदालतले ट्रम्पलाई दोषी ठहर गरेको थियो । फौजदारी मुद्दामा दोषी ठहर हुने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् ।
ट्रम्पले भने यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको र अदालतमा धोखाघडी भएको बताएका छन् । ट्रम्प राजनीतिक र छनौट अभियोगको सिकार भएको ट्रम्पका वकिल एलिना हुब्बाले बीबीसीलाई बताएकी छिन् ।
म्यानहट्टनको अदालतमा ७ हप्ताको अदालती कारबाहीका क्रममा ट्रम्प ३४ ओटै आरोपमा दोषी ठहर भएका थिए । ट्रम्पलाई जुलाई ११ मा सजाय सुनाइनेछ । ट्रम्पले यस निर्णयविरुद्ध पुनरावेदन अदालतमा जाँदै छन् । ट्रम्प जेल गए पनि नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा आफ्नो उम्मेदवारी जारी राख्ने हब्बाले बताएका छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन