गृहमन्त्री लामिछाने विरुद्धकाे रिटको पेशी न्यायाधीश श्रेष्ठको इजलासमा
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा तेस्रोपटक पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त निवेदन दुईपटक स्थगित भएको थियो ।
आइतबार उक्त रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ। रिट पाँचौँ नम्बरमा पेशी रहेको छ। यसअघि लगातार सुनिल पोखरेलको इजलासमा पेशी परेको थियो ।
पोखरेलको इजलासमा परेको पेशी निवेदन आफैँले स्थगितका लागि निवेदन दिँदै हटाएका थिए । लामिछानेलाई सहकारी ठगीमा क्लिनचिट दिनेगरी महान्यायाधिवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको थियो।
महान्यायाधिवक्ता कार्यालयले सहकारीका विषयमा कुनै पनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए । उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो ।
सुरुमा अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । दरपिठ भएपछि त्यसविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो ।
उक्त रिटमा आइतबार पहिलो सुनवाइ हुँदैछ। सर्वोच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेशका विषयमा निर्णय गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण