मिडिया काउन्सिल विधेयक संसदबाट छिटो पारित हुनुपर्छः सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयकलाई संसदबाट छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताएकी छन् ।
नेपालमा परिवर्तित मिडिया क्षेत्रलाई नियमन गर्न, प्रवद्र्धन गर्न र त्यसको उचित व्यवस्थापन गर्न पनि संघीय संसदले त्यसलाई छिटो भन्दा छिटो पारित गरेर सोही अनुसारको कानून निर्माण गरी कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने उनको भनाई थियो ।
आईतवार राष्ट्रिय सभा बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले नेपालको संविधान र राष्ट्रिय आम सञ्चार नीति कार्यान्वयनमा ल्याउनका लागि पनि सरकारले सो विधेयकलाई छिटो कानूनी रुप दिन चाहेको स्पष्ट पारन् ि। उनले सो विधेयकमा स्वनियमनको माध्यमबाट मिडियाहरुको व्यवस्थापनमा विशेष ध्यान दिने व्यवस्था गरिएको पनि बताइन् । मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिने कुरामा पनि सचेत रहेर सरकारले सो विधेयक ल्याएको स्पष्टिकरण दिइन् ।
उनले भनिन्, ‘मिडिया काउन्सिल विधेयकलाई छिटो भन्दा छिटो पारित गराउने ढंगले ग¥यौं भने मलाई के विश्वास लाग्छ भने नेपालमा परिवर्तनमा भएको मिडिया सेक्टरको जुन स्थिति छ । त्यसलाई नियमन गर्नुपर्ने, प्रमोट गर्नुपर्ने र त्यसलाई अगाडि बढाउनुपर्ने जुन अवस्था छ । त्यो अवस्थालाई हामी छिटो भन्दा छिटो सम्बोधन गर्नसक्छौं ।’
मन्त्री शर्माले सरकार पत्रकारहरुको पेशागत मर्यादामा आँच आउन नदिन सचेत रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण