'परराष्ट्र नीतिका विषयमा राजनीतिक दलहरु बिचमा एकरुपता हुनुपर्छ'
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता अपेक्षा शाहले नेपालको हित र प्राथमिकता केन्द्रमा राखेर परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुनु पर्नेमा जोड दिएकी छन् ।
‘परराष्ट्र नीति राष्ट्रको नीति हो, यसकारण राजनीतिक दलहरुबीच यस विषयमा एकरुपता हुनु जरुरी छ । परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक छ,’ अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयका उपप्राध्यापक शाहले आइतबार भनिन् ।
परराष्ट्र नीति राष्ट्रिय प्राथमिकताको सवाल हुनु पर्नेमा राजनीतिक दलहरुबीच फरक–फरक धारणा रहेको पाइने भन्दै उनले फरक, फरक दल सरकारबाट जाँदा फरक, फरक नीति बन्नु देशको लागि हितकर नहुने बताइन्। ‘यसैले राजनीतिक दलहरु सहकार्य गर्दै एकै बिन्दुमा उभिनु जरुरी भएको छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित ‘नेपालको कुटनीति र परराष्ट्र नीति’ विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै शाहले स्वतन्त्र विश्लेषकको रुपमा यस्तो विचार प्रस्तुत गरेकी हुुन् ।
विश्वको हालको बद्लिदो भूराजनीतिमा नेपालको स्थान एकदमै महत्वपूर्ण रहेको र यस परिस्थितिमा नेपालले यथेष्ट लाभ लिन सक्नु पर्ने शाहको भनाइ थियो ।
कार्यक्रमको उद्देश्य प्रकाश पार्दै राप्रपाका प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुन सुन्दर लावतीले भने, ‘सफल कुटनीतिको विरासत र विगत मनन् गर्दै, आजको बहुध्रुवीय विश्वमा नेपालले आफ्नो प्राथमिकता तय गर्नु पर्दछ, परराष्ट्र नीति र कुटनीतिक सम्बन्ध सुदृढ गर्नु पर्दछ । रणनीतिक साझेदारी र लाभको सवाल अगाडि बढाउनु पर्दछ ।’
कार्यपत्र प्रस्तुत गर्ने क्रममा उपप्राध्यापक शाहले, नेपालको परराष्ट्र नीतिको इतिहासदेखि वर्तमान सम्मको विकासक्रमको मिहीन विश्लेषण गर्दै, विद्यमान विश्व र क्षेत्रीय भूराजनीतिको सन्दर्भमा नेपाल कसरी सन्तुलित र रणनीतिक रुपमा अघि बढ्न सक्दछ भनेर सिफारीसहरु पेश गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण